arrow

तिहार विदा हुने अघिल्लो दिन प्रधानन्यायाधीश जबराले तोके ९ वटा इजलासमा १५ जना न्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
supreme-court-long.jpg

काठमाडौं । न्यायाधीशहरुको घेराबन्दीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास तोकेका छन्।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरिरहेका बेला बुधबारका लागि १५ जना न्यायाधीशहरुका लागि इजलास तोकिएको हो ।

विहीबारदेखि चार दिन तिहार विदा हुनुअघि जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा नतोकेका हुन् । मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरुले कुनै पनि मुद्दा सुनुवाइ गर्न चाहेनन् ।

तर बुधबारका लागि जबराले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाश कुमार ढुंगाना,  मीरा खड्का र सुष्मालता माथेमा,  विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास तोकेका छन् ।

त्यस्तै आनन्दमोहन भट्टराई र कुमार रेग्मी, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मालाई संयुक्त इजलासमा तोकेका छन् । कुमार चुडाल, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको भने एकल इजलास तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशको राजीनामा नआएसम्म इजलासमा नफर्कने अडानमा छन् । यता जबराले राजीनामा नगर्ने तर सम्मानजनक बहिर्गमनको प्रस्ताव अगाडि बढाउन सकिने बताएका छन् । केही कानून व्यवसायीहरुले राजनीतिक दलहरुलाई दबाब दिंदै प्रष्ट धारणासहित अदालतको समस्या समाधान गर्न आग्रह गरेका छन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ