arrow

काठमाडौँमा तिहारको रौनक, बजारमा किनमेल गर्नेको घुइँचाे (फोटो फिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
tihar00.jpg

काठमाडौँ। तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकामा रौनक बढेको छ। लगनखेल, भृकुटीमण्डप, असन, न्युरोडलगायतका क्षेत्रमा तिहारका लागि किनमेल गर्नेहरूको घुइँचो लागेको छ।

१६ गते अर्थात् हिजो धन्तेरससँगै सुरु भएको तिहार आज कुकुर पूजा गरेर मनाइँदै छ। यस्तै भोलि अर्थात् १८ गते लक्ष्मी पूजा, १९ गते गोवर्धन पूजा र २० गते भाइटिका रहेको छ।

मङ्गलवार देखी नै उपत्यकामा झिलिमिली सुरु भइसकेको छ। बजारमा गहना पसल, लुगा पसल, भाँडाकुँडाका पसल एवं फुलहरू किन्नेको समेत उस्तै भिड देखिन्छ।

असनका गल्लीमा अन्य सरसामानसँगै भाइ मसला, फूल माला र विद्युतीय (झिलिमिली) बत्ती बेच्ने र किन्नेहरूको भिड छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण सुनसान बन्न पुगेको तिहार यस वर्ष भने रौनकताका साथ मनाइन थालेको देखिन्छ । बजारमा निकै भीड भए पनि धेरैजसो व्यापारीहरू भने व्यापारलाई लिएर सन्तुष्ट भने छैनन्।

असनका एक व्यापारीले मानिसहरूको भिड भए पनि व्यापार भने चित्त बुझ्दो नभएको बताए। उनले भने, 'तिहार हो भीड त भइहाल्छ तर भीड जस्तो व्यापार छैन।'

यद्यपि, अर्का एक पसलले भने गत वर्षभन्दा राम्रो व्यापार भएको बताए। 'गत वर्ष महामारीका कारण यत्ति पनि हुन सकेको थिएन, यो वर्ष ठिकै छ,' उनले भने।

सडकमा रङ्ग, मालालगायतका अन्य सरसामान किन्नेहरूमध्ये केहीले यस वर्षको व्यापारमा चित्त बुझाएको बताए। भाँडाकुँडा एवं गहना व्यवसायीहरूले पनि व्यापार गत वर्षभन्दा राम्रो रहेको बताए।

महामारीका कारण सामान आयात एवं बजार व्यवस्थापनमा समस्या हुँदा मूल्य महँगिएका कारण पनि ग्राहकहरूले सामान खरिदमा कम चासो राखेको व्यवसायीहरूको भनाइ छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ