arrow

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुला

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
afgan-pak.png

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ ।  झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  
 
नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पुर्‍याएर आउन जान दिने गरेका छन् । 

अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।

अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारीक कारोवार धेरै हुने गरेको छ ।  

पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोवर ५ देखि बन्द भएको थियो । नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए । नाका खुल्ला भएपछि सवै खुशी भएका छन् । 

“पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,” पाकिस्तानी उच्च सिमा सुरक्षा अधिकारीले भने । 

सिमा बन्द गर्नका लागि राखिएका बस्तुहरु पनि सिमानाबाट हटाइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ