arrow

ईयुले भन्याे-ताइवान एक्लो छैन, युरोप साथमा छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
eu taiwan.jpg

काठमाडौँ। पहिलो कूटनीतिक ताइवान भ्रमणमा पुगेको युरोपेली युनियन (ईयु)को संसदीय प्रतिनिधिमण्डलले ताइवानलाई एक्लै नरहेको भन्दै विशेष महत्त्व राख्ने सन्देश दिएको छ ।

प्रतिनिधिमण्डलले ईयुसँगको सम्बन्ध थप सुदृढ गर्नका लागि काम गर्न समेत ताइवानलाई आग्रह गरेको छ । भ्याटिकन सिटीबाहेक कुनै पनि युरोपेली मुलुकको ताइवानसँग कूटनीतिक सम्बन्ध छैन ।

चीनले ताइवानमाथिको आक्रामकता बढाएका बेला ईयुको संसदीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको हो । चीनले ताइवानलाई जसरी पनि कब्जा गर्ने चेतावनी दिँदै आएको छ भने पछिल्लो समय आफ्ना सैन्य गतिविधि बढाएको छ ।

भ्रमणका क्रममा युरोपेली संसद्का फ्रान्सेली सदस्य राफेल ग्लुक्सम्यानले ताइवानकी राष्ट्रपति साई इङ्ग वेनलाई भनेका छन्, 'हामी यहाँ धेरै सरल, धेरै स्पष्ट सन्देश लिएर आएका छौँ :  ताइवान एक्लो छैन, युरोप ताइवानको साथमा छ ।'

प्रतिनिधिमण्डलको नेतृत्व समेत गरेका ग्लुक्सम्यानले अघि भनेका छन्, हाम्रो भ्रमणलाई महत्त्वपूर्ण पहिलो चरणको रूपमा लिनुपर्छ, यसपछि हामीले उच्च स्तरीय एजेन्डा र बैठकका साथ धेरै बलियो ईयु ताइवान सम्बन्ध स्थापना गर्न आवश्यक उनले अघि भनेका छन् ।

प्रजातान्त्रिक प्रक्रियाहरूमा विदेशी हस्तक्षेप सम्बन्धी युरोपेली संसद्को समितिले आयोजना गरेको तीन दिने भ्रमणमा ताइवानका अधिकारीहरूसँग भ्रामक सूचना र साइबर आक्रमण जस्ता खतराहरूको बारेमा विभिन्न जानकारीहरू आदानप्रदान हुनेछ।

ताइवानकी राष्ट्रपति वेनले चिनियाँ हस्तक्षेपविरुद्ध लोकतान्त्रिक शक्तिहरू एक हुने अपेक्षा गर्दै चीनलाई चेतावनी दिएकी छन् । उनले भनेकी छन्, हामी विकृत जानकारीविरुद्ध लोकतान्त्रिक गठबन्धन स्थापना गर्ने आशा गर्दछौँ । यस्तै उनले ताइवान र ईयुको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । 

चीनले ताइवानमाथि गिद्धे नजरसँगै आक्रामकता बढाउँदै लगेका बेला ईयुको ताइवान भ्रमण अर्थपूर्ण तरिकाले हेरिएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ