arrow

नोभेम्बर २९ बाट परमाणु वार्ता फेरि सुरु गर्ने इरानको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
iran-atomic-deal.PNG

काठमाडौँ । इरानले विश्व शक्तिहरूसँग नोभेम्बर २९ बाट फेरि परमाणु वार्ता सुरु गर्ने बताएको छ । इरानी उप विदेश मन्त्री एवं वार्ता प्रमुख अलि बगेरी कानीले अस्ट्रियाको भियन्नामा फेरि वार्ता सुरु गर्ने सहमति भएको बताएका हुन् ।

बुधवार युरोपेली सङ्घका मध्यस्थकर्ता एनरिक मोरासँगको फोन वार्तापछि मिति तय गरिएको उनले ट्विटरमार्फत जानकारी दिएका हुन् । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धबाट छुटकारा पाउने उद्देश्यले इरान फेरि परमाणु सम्झौता गर्न तयार रहेको उनले भनेका छन् ।

अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायत र युरोपेली युनियनबिचको भएको इरानको आणविक सम्झौताबाट तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए । त्यसपछि अमेरिकाले इरानमाथि प्रतिबन्ध थप कडा गरेको थियो । 

इरानले आणविक हतियार बनाउन तरखर गरे पनि सफल हुन सकेको छैन । अहिले फेरि अमेरिकी प्रतिबन्धबाट जोगिन इरानले आणविक वार्ता गर्न तयार भएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ