arrow

सन् २०३० सम्म चीनले हजार बढी परमाणु बम बनाउन सक्छ : पेन्टागन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
china-warhead-nuclear-weapon.jpg

काठमाडौँ । पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले चीनले परमाणु हतियार (परमाणु बम) बनाउने गति बढाउँदै गएको पाइएको छ । सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको हो ।

यद्यपि, चीनसँग अहिले कति परमाणु हतियार छन्, भन्ने कुरा रिपोर्टले उल्लेख गरेका छैन । एक वर्षअघि पेन्टागनले चीनसँग करिब २०० परमाणु हतियार हुनसक्ने र एक दशकमा त्या सङ्ख्या दोब्बर पार्न सक्ने बताएका थियो । यद्यपि, अमेरिकी अधिकारीहरूको प्रक्षेपण भन्दा तीव्र गतिमा चीनले परमाणु हतियार विकास गरिरहेको देखिएको छ ।

अमेरिकाले भने आफ्नो परमाणु हतियार सङ्ख्या बढाएको छैन । जो बाइडेन प्रशासनले अहिले परमाणु नीतिमाथि व्यापक समीक्षा गरिरहेको छ । यद्यपि, चिनियाँ प्रभुत्वका बिच नीतिमा कस्तो फेरबदल हुनसक्छ भन्ने कुरा विषयमा केही भनिएको छैन ।

पछिल्लो समय ताइवान कब्जा गर्ने विषयमा झनै एकत्रित भई हेका बेला चीनले आणविक हतियार एवं अन्य सैन्य उपकरणहरूको विकासलाई गति दिइरहेको छ । यद्यपि, यो सबै विषय अमेरिकी अधिकारीहरूको निगरानीमा रहेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ