arrow

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वशीर्ष नेतामाथि 'टेनिस स्टार'द्वारा यौन दुर्व्यवहारको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
china-peng-zhang-tennis-rape-assult.png

काठमाडौं। चिनियाँ टेनिस स्टारका रूपमा रहेकी टेनिस खेलाडी पेंग सुईले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का पूर्व शीर्ष नेताले आफुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको पहिलो कार्यकालका बेला सन् २०१२ देखि सन् २०१७ सम्म सीसीपीकाे 'सात सदस्यीय पोलिटीब्युरो स्थायी समिति'का सदस्य रहेका झाङ गाओलीले आफूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पारेको उनले बताएकी हुन् ।

सात सदस्यीय पोलिटीब्युरो स्थायी समिति सीसीपीको सबैभन्दा उच्च दलीय एवं सरकारी अङ्ग हो । टेनिस स्टार सुईसँग जबरजस्ती यौन सम्बन्ध राखेको आरोपित गाओलीले सन् २०१८ मा 'भाइस प्रिमियर'का रूपमा अवकाश लिइसकेका छन् । उनी अहिले ७५ वर्ष उमेर पुगेका छन् भने, सुईको उमेर ३५ वर्ष पुगेको छ ।

सुईले ट्विटर जस्तै चिनियाँ सामाजिक सञ्जाल 'विइबो'को आफ्नो भेरिफाइड अकाउन्टबाट मङ्गलवार एक लामो पोस्ट लेख्दै आफूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पारेको आरोप लगाएकी हुन् ।

उनले पोस्ट गरेको ३० मिनेटमै सो पोस्ट हटाइएको र अहिले त्यस सम्बन्धीन्त सबै सामाजिक सञ्जाल एवं इन्टरनेटका पाेस्टहरूमा चिनियाँ नियामक निकायले सेन्सर सीप लगाएकाे बताइएकाे छ ।

यद्यपि, उनको पोस्टको स्क्रिन सुटहरू अहिले चिनियाँ सामाजिक सञ्जालभरि चर्चामा छन् । पेंग सुईले उक्त पोस्टमार्फत झन्डै १० वर्षअघि गाओलीसँग आफ्नो यौन सम्बन्ध रहेको बताएकी छन् । त्यति बेला गाओली तियानजिनको कम्युनिस्ट पार्टीका प्रमुख थिए ।

सुईका उनका पोलिटब्यरो सदस्य भएपछि गाओलीले सुईसँगको सम्बन्ध त्यागेका थिए । त्यसपछि करिब तीन वर्षअघि (सन् २०१८ तिर) गाओली अवकाश भएपछि गाओलीले सुईलाई टेनिस खेल्न बेइजिङमा बोलाएको सुईले बताएकी छन् ।

तर, गाओली र उनकी श्रीमतीले पछि सुईलाई घरमै लगेको उनले लेखेकी छन् । घरमा पुगेपछि गाओलीले जबरजस्ती यौन सम्पर्क गर्नका लागि बाध्य पारेको आरोप उनले लगाएकी हुन् ।

त्यो दिन भरी आफू रोएको र अहिलेसम्म समेत असहज परिस्थितीबाट गुज्रिरहेकाे उनले बताएकी छन् । अहिले चीनमा यो विषयले सामाजिक सञ्जाल तताएको छ भने, अधिकारीहरू राजनीतिक रूपमा यो घटनालाई लुकाउन खोजिरहेको आरोप लागेको छ ।

पछिल्लो समय चीनमा 'मिटु' अभियान अन्तर्गतबाट राजनीतिक, सङ्घसंस्था एवं अन्य कयौँ सरकारी अधिकारीहरूका यौन दुर्व्यवहारका घटनाहरू बाहिरन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ