arrow

राष्ट्रपतिबाट नेपाल संवत् उत्सवका रुपमा मनाउन सबैमा आह्वा्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् मनाउन सबैमा आह्वा्न गरेकी छिन् । उनले हाम्रा चाडपर्व र परम्पराहरुले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको पनि बताएकी छिन् । 

नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गरेकी हुन् ।

‘आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ। हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्‚’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनिएको छ, ‘सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्दछु ।’

राष्ट्रपति भण्डारीले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने नेपालको मौलिक संवत् भएको बताइन । राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ