arrow

हिरासतमा रहेका चार मन्त्रीलाई रिहा गर्न जनरलको आदेश

logo
एपी,
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
sudan-map.jpg

काइरो । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बिचमा हिरासतमा राखिएको थियो ।

 यद्यपि अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन्।

सुना समाचार एजेन्सीले जनरल अब्देल-फत्ताह बुरहानले सूचना तथा संस्कृति मन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल-रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अलि गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ।

सङ्कट समाधानका लागि नागरिक सङ्क्रमणकालीन सरकार पुनः स्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबिच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरू विरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई "सुडानमा राजनीतिक सङ्कट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको सङ्क्रमणकालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका छन्। 

संयुक्त राष्ट्रसङ्घ प्रमुखले पूर्व प्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोर्‍याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ