arrow

उपराष्ट्रपति पुनको सन्देशः चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।  

सबै खाले चाड पर्वको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।  

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्”, सन्देशमा उनले भने, “महान् चाड तिहारले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।”

जनताको लामो सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन् । 

उनले संविधानको पूर्णपालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ