arrow

चिनियाँ मिचाहा प्रवृत्ति

चीन–म्यानमार सीमा विवाद सतहमा, म्यानमारका जनताले भत्काए चीनले लगाएको काँडेतारको बार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
china-myanmar.jpg

रंगुन । म्यानमारको पहाडी सीमावर्ती क्षेत्रका स्थानीयले चिनियाँ सरकारले लगाएको तारबार भत्काइदिएका छन् । कोरोना महामारीको त्राश देखाउँदै म्यानमारको भूभागभित्र चिनियाँ अधिकारीहरूले लगाएको काँडेबार म्यानमारका स्थानीयले भत्काएका हुन् । 

उत्तरी म्यानमारको कचिन र पूर्वको शान प्रान्तका स्थानीय बासिन्दा सीमारक्षाका लागि चिनियाँसँग भिडिरहेका छन् । म्यानमारमा सैन्य ‘कू’ भएयता बर्मेली नागरिक र चिनियाँ सैनिकबीच सीमा विवाद झन् चर्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

सीमाक्षेत्रका स्थानीय र चिनियाँ सैनिक बीचको मुठभेडले म्यानमार–चीन सीमा विवाद पुनः एकपल्ट सतहमा आएको हो । म्यानमार सैन्य सरकारको समर्थक राष्ट्र चीनले सीमा क्षेत्रको आफ्नो भूमि दिनदिनै अतिक्रमण गरिरहेको स्थानीय बर्मेलीहरूको आरोप छ ।

उनीहरूले शान प्रान्तको म्यूज–पाङ्खाम गाउँ नजिकै चिनियाँ सैनिकले निर्माण गरेको तारबार भत्काएका हुन् । तर म्यानमारस्थित चिनियाँ दूतावासले अतिक्रमणको आरोपलाई अस्वीकार गरेको छ।

चीनले म्यानमारसँगै भारत र भुटानसँग पनि सीमा विवादको तनाव खेपिरहेको छ । नेपालको हुम्लाको सीमावर्ती क्षेत्रमा पनि चीनले अतिक्रमण गरेका रिपोर्टहरु आइरहेका छन् । 

वर्षातको अन्त्यलगत्तै बाली लगाउन खेतबारी पुगेका गाउँलेहरूले फेरि नयाँ काँडेतार देखेपछि भत्काएको दाबी गरेका छन् ।

स्थानीयका अनुसार चीनले सन् २०१४ ताका पहिलोपटक म्यानमारको भूमिमा पक्की बार बनाएको थियो । त्यो बार पनि उनीहरूले तत्कालै भत्काएका थिए। आफ्नो खेतमा चिनियाँ सैनिकहरूले बेलाबेला प्रदर्शन गर्ने गरेको उनीहरूको गुनासो छ।

चिनियाँ सैनिकले अतिक्रमण गरेको घटनापछि पनि म्यानमार सैन्य सरकार चुपचाप रहेको गाउँलेहरू बताउँछन् । म्यानमार–चीन मुख्य सीमाका दक्षिणपश्चिमी चीनको युनान प्रान्तस्थित रुइली नदीको किनारमा पर्छ ।

चिनियाँ सैनिक र म्यूज जिल्लाका स्थानीय बासिन्दाबीच पछिल्लो दुई महिनामा तेस्रोपटक मुठभेड भएको गाउँलेहरूले बताएका छन् । पटकपटक प्रयास गरे पनि दुवै देशका अधिकारीहरूले विवाद हल गर्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ