arrow

प्रदूषणले दिल्लीलाई डुबायो, काठमाडौं १० नम्बरमा, कोरोनाबाट निको भएकालाई पनि खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
delhi-pollution.jpg
तस्वीर–फाइल ।

काठमाडौं । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्ली अस्तव्यस्त बनेको छ । दिल्ली बिहीबार रातिदेखि विश्वकै नम्बर एक प्रदूषित शहर भएको छ । यसै पनि प्रदूषित हुने दिल्लीमा दिपावलीको बेलामा पटाखा र आतिशबाजीले झनै आक्रान्त पारेको हो । 

दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५३३ सम्म मापन गरिएको छ । शनिबार बिहान १०ः३५ बजे ४०८ एक्यूआई मापन भएको छ । दिल्ली निरन्तर शीर्ष स्थानमा छ । भारतका दश शहरमा यसले ठूलो असर पारेको छ । १० मध्ये ७ वटा उत्तरप्रदेशका शहर हुन् । 

कीर्तिस्तानको बिस्केक २१४ एक्यूआईसहित दोस्रो स्थानमा छ । भारतकै कोलकाता १७६ एक्यूआईसहित पाँचौं स्थानमा छ । भारतकै मुम्बई १७९ एक्यूआईसहित आठौं स्थानमा छ । 

नेपालको काठमाडौं १३२ एक्यूआईसहित दशौं स्थानमा रहेको छ । 

वृद्धवृद्धा र कोरोनाबाट निको भएकालाई खतरनाक
चिकित्सकहरुका अनुसार पटाखा र आतिशबाजीको प्रदूषणले वृद्धवृद्धालाई झन् हानि गर्दछ । त्यसैगरी कोरोना भाइरसबाट निको भएकाहरुलाई समेत पनि यसले गम्भीर असर पार्ने चिकित्सकहरुले बताएका छन् । 

वृद्धवृद्धाहरुमा फोक्सोको समस्या हुने र कोरोनाले फोक्सोमै असर गर्ने तथा समग्रमा प्रदूषणले स्वासप्रश्वासमै असर गर्ने भएकाले गम्भीर स्थिति आउने चेतावनी दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ