arrow

राष्ट्रपति भण्डारीको भाइटीका सम्पन्न (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
11.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीका लगाइदिएकी छिन् । भण्डारीले भाइटीकाका अवसरमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिएकी थिइन् । 

राष्ट्रपति निवास, शितल निवासमा भाइटीकाको क्रममा राष्ट्रपतिले भाइ पाण्डेलाई टीका लगाइदिएकी हुन् । त्यसैगरी आफूले पनि टीका लगाएकी छिन् । 

उनले बहिनी सुशिला पाण्डेलाई पनि टीका लगाइदिएकी छिन् । शनिबार बिहानदेखि साँझसम्म नै टीका लगाउन साइत रहे पनि बिहान ११ः०२ बजे उत्तम साइत रहेको थियो ।

तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ