arrow
ADVERTISEMENT

राष्ट्रपति भण्डारीले लगाइन शुभ साइतमा भाइटीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
bidya-vitikaa.jpg
तस्वीर : रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन्।

शीतल निवासमा उनले ११ बजेर २ मिनेटको शुभ साइतमा कान्छा भाइलाई सप्तरंगी टीका र माला लगाइदिएकी हुन्। त्यस्तै पाण्डेको हातबाट राष्ट्रपति भण्डारीले भाइटीका समेत ग्रहण गरेकी छिन्।

शनिबार हिन्दुहरुले आफ्नो दोस्रो ठूलो चाड तिहारको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ