arrow

ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ९८ जनाको मृत्यु, ९० बढी घाइतेमध्ये अधिकांश गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
fuel-tanker-explosion.jpg

काठमडौं । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी यति ठूलो संख्यामा ज्यान गएको हो । 

९२ जनाको अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले जनाएको बीबीसीले लेखेको छ । उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् । 

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो’, एक प्रत्यक्षदर्शीले भने । 

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । 

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । ‘आगलागी हुनुअघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए’, एक प्रत्यक्षदर्शीको भनाइ छ । 

राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउका छन् । उनले पीडितलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ