arrow

भागेर बाचे इराकी प्रधानमन्त्री, प्रधानमन्त्री निवासमै हत्याको प्रयास

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
mustafa-al-kadhimi-iraq.jpg

 बग्दाद । इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।   
इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथी अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ । 

घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अस्पताल लागिएको थियो । 

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन् । उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन् । 

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भत्र्सना गर्दै आक्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ