arrow

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको संक्रमण 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
zika.jpg

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । 

भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् । 

उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । 

उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ ।  

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए। 

उनले यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ