arrow

राष्ट्रपतिद्वारा विदेश मन्त्रीमाथि निलम्बन, भ्रमणमा पनि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Najla Mangoush.jpg

त्रिपोली । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उनले असहमति जनाएकी छन्।  

“विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उनमाथी अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,” सरकारद्धारा जारी वक्तव्यमा उल्लेख छ । 

सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उनले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । 

उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ