arrow

भियतनाम चीनद्वारा निर्मित रेलवे सञ्चालनमा, १५ दिनसम्म नि:शुल्क

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
vetnam-china-rail.jpg

हनोई । भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिवार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका  छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको  छ। मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म नि:शुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

शनिवार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि  हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

" अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन," हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।

१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,००० यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो ।  प्रति यात्रुह टिकटको मूल्य ३०,००० भियतनामी मुद्रा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ