arrow

एलन मस्कले आफ्नो नाम लर्ड एज राखे, ट्वीटरमा हङ्गामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
musk.jpg

काठमाडौँ । विश्वकै धनाढ्य एवं टेस्लाका सिइओ एलन मस्कले ट्वीटरमा देखावटी नाम लर्ड एज राखेका छन् । यस्तै उनले आफ्नो ठेगाना पनि ट्रोलहेम राखेका छन् ।

उनले नाम र ठेगाना परिवर्तन गर्नुको कारण खुलाएका छैनन् । मस्कले नाम परिवर्तन गरेसँगै अहिले ट्विटरमा उनको नामको विषयलाई लिएर चर्चा सुरु भएको छ ।

शिबेतोशी नाकामोटो क्रिप्टोकरेन्सी डोगेकोइनका सहनिर्माताले मस्क नाम लर्ड एज को अर्थ एल्डर डोगे को एनाग्राम भएको हो भन्दै ट्विट गरेका छन्। एनाग्राम भनेको कुनै शब्दलाई त्यसमा भएका अक्षरहरूलाई उल्टो बनाएर लेख्नु हो ।

अन्य धेरैले पनि मस्कले डोगेकोइनलाई प्रेरित गर्न खोज्दै लर्ड एज नाम राखेको भन्दै ट्विट गरेका छन् । यद्यपि, मस्कले आफ्नो नाम पहिलो पटक परिवर्तन गरेका भने हैनन् ।

यसअघि उनले गत जुनमा आफ्ना नाम एलन मस्क दि सेकेन्ड राखेका थिए । सन् २०१९ मा उनले  ट्विटरमा आफ्नो नाम माइनस वान लेखेका थिए ।

मस्कले क्रिप्टोकरेन्सीलाई सपोर्ट गर्दै आएका छन् । यद्यपि, क्रिप्टोकरेन्सीले जलवायु परिवर्तनमा पार्ने असरको विषयलाई लिएर उनी सचेत पनि छन् ।

यसअघि शनिवार मस्कले आफ्ना ६ करोड बढी प्रयोगकर्तालाई कर तिर्न टेस्लाको सेयर बेच्ने कि नबेच्ने भन्दै ट्विटरमा मतदानसमेत गरेका छन् ।

जसमा झन्डै ५७ प्रतिशतले बेच्न समर्थन र ४२ प्रतिशतले नबेच्न समर्थन गरेका छन् । मस्कले यसको नतिजा अनुसार आफूले १० प्रतिशत टेस्लाको सेयर बेच्ने बताएका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ