arrow

अमेरिकाले पूर्ण खोप लगाएकाको यात्रा प्रतिबन्ध हटायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
usa-travel-pendamic.jpg

काठमाडौँ । कोरोना भाइरस (काेभिड-१९)को महामारीका कारण लामो समयदेखि अमेरिकाले गरेको यात्रा प्रतिबन्ध सोमबार देखि हटाएको छ । 

न्यु र्योक टाइम्सले जनाए अनुसार मोर्डना, जोन्सन एन्ड जोन्सन, फाइजर बायोएनटेक, एस्ट्राजेनेका खोपको दुई वटा उत्पादन, सिनोफार्म र सिनोभ्याकको पूर्ण खोप लगाएका नागरिकहरू अब, अमेरिका जान पाउनेछन् ।

विभिन्न देशका नागरिकहरूले पूर्ण खोप लगाएका कार्ड र कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर अमेरिका प्रवेश गर्न सक्नेछन् । मेक्सिको र क्यानडाको सीमाबाट अमेरिका प्रवेश गर्न पूर्ण खोप लगाएको कार्ड भएमा पुग्ने छ ।

अमेरिकी केन्द्रीय रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आपतकालिन प्रयोगका लागि अनुमति दिएको पूर्ण खोप लगाएकाहरूले अमेरिका प्रवेश गर्न पाउने छन् ।

नक्कली खोप प्रमाणपत्र देखाउनेहरूलाई ३५ हजार अमेरिकी डलरसम्मको जरिवाना तोकिन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ