arrow

चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
Covid-vaccine-corona.jpg

काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरूप कोभिड-१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा सोमवार आयोजित कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गराएकी हुन् ।
 
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड-१९ विरुद्धको लडाइँमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारी रूपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ