arrow

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
Covid-vaccine-corona.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भारत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो ।

बायोटेकका अध्यक्ष डा. कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट्विटमा उल्लेख गरेको छ ।

गत महिना भारत बायोटेकले भरेर पठाएको फाइल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरूको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्याङ्क उपलब्ध गराउन माग गरेको थियो ।

डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ