arrow

अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु, ३६ लाई बचाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
fire-final_1618024271.jpeg

काठमाडौं । भारतस्थित भोपालको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुहरुको मृत्यु भएको छ । कमला नेहरु भवनको तेस्रो तल्लास्थित बाल विभागमा लागेको आगलागीमा परी नवजात शिशुहरुको मृत्यु भएको हो । 

स्थानीय समयअनुसार राति ९ बजेदेखि लागेको आगो तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उक्त वार्डमा ४० बच्चा राखिएको थियो । जसमा ३६ जनालाई सुरक्षित निकालिएको छ । 

मन्त्री विश्वास सारंगका अनुसार मृतक शिशुका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँको आर्थिक सहायता दिने घोषणा गरेका छन् । 

यसअघि मुख्यमन्त्री शिवराज सिंह चौहानले ३ बच्चाको ज्यान गएको बताएका थिए । उनले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् । 

ती शिशुहरुलाई नयाँ भवनमा स्थानान्तरण गर्नुअगाडि नै उक्त घटना भएको बताइएको छ । उक्त घटनापछि कयौं बिरामीलाई स्ट्रेचरबाट बाहिर निकाली अन्य अस्पतालमा सारिएको छ । 

आगलागीको कारण खुलेको छैन । अस्पतालभित्र मृतकका अभिभावकलाई जान दिइएको छैन । यसअघि गत ७ अक्टुबरमा पनि नयाँ भवनको दोस्रो तल्लामा आगलागी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ