arrow

पाकिस्तानी सुरक्षाकर्मीद्वारा भारतीय सर्वसाधारणको गोली प्रहार गरी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Pakistan-Flag.jpeg
फाइल तस्बिर

काठमाडौँ। कश्मीरमा सीमाहरूमा दिनहुँ गोलीबारी गर्दै आएको पाकिस्तानका सुरक्षाकर्मीले अन्यत्र इलाकामा पनि यस्ता घटना गराएका छन्। पाकिस्तानको समुद्री सुरक्षाकर्मीहरूले गुजरातको सर्वसाधारण मुछआराहरूको डुङ्गामा गोलीबारी गरेको छ। यस गोलीबारीमा एक भारतीय मछुआराको मृत्यु भएको छ भने एक अन्य मछुआरा घाइते भएका छन्।

द्वारकाको ओखा बन्दरगाहबाट माछा समात्न गएको एक जलपरी नाम गरेको डुङ्गामा पाकिस्तानको समुद्री सैनिकहरूले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिकै गोलीबारी गरेका छन्। यस गोलीबारीमा श्रीधर नाम गरेको एक मछुआराको मृत्यु भएको हो।

यस गोलीबारीमा एक अन्य मछुआरा पनि घाइते भएका छन्। घाइतेलाई ओखा पोर्ट ल्याएर अस्पतालमा भर्ती गरिएको छ। ओखा मरीन पुलिसले मृतक मछुआराको शवलाई पोस्टमार्टमको निम्ति जामनगरको सिविल अस्पताल पठाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ