arrow

युरोपमा आप्रवासी सङ्कट : बेलारुसी सीमामा 'सैन्य बल' प्रयोग गर्ने पोल्यान्डको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
poland-belarus-migrant-crisis.jpg

काठमाडौँ । बेलारुसले पोल्यान्ड छिराउनका लागि सयौँ आप्रवासीहरू सीमा क्षेत्रमा पुर्‍याएसँगै युरोपमा आप्रवासी सङ्कटले फेरि नयाँ चरणमा प्रवेश गरेको छ ।

पोलिस सरकारका प्रवक्ता पिओटर मुलरले सयौँ आप्रवासीहरूलाई पोल्यान्ड प्रवेश गर्नबाट रोकेर राखेको बताएका छन् । सीमा क्षेत्रमा थप ३ देखि ४ हजार आप्रवासीहरू भेला हुने आङ्कलनपछि सैन्य बलको प्रयोग समेत हुनसक्ने चेतावनी प्रवक्ता मुलरले दिएका छन् ।

पोल्यान्ड र अन्य ईयु मुलुकहरूले राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोको विपक्षमा भएको क्रूर क्र्याकडाउनको आलोचनाको बदला लिन बेलारुसले युरोपमा नयाँ शरणार्थी सङ्कट उक्साउन खोजेको आरोप लगाएका छन् ।

गत महिना देखिको आप्रवासी सङ्कट सोमबार बेलारुसी अधिकारीहरूले पोलिस सीमामा आप्रवासीहरूलाई पुर्‍याएपछि चर्किएको हो । सेनाहरूले आप्रवासीको पहिलो भिडलाई पोलिस सेनाले सीमाभित्र प्रवेश गर्नबाट रोकेको पोल्यान्डका रक्षा मन्त्रीले ट्विट गर्दै जानकारी दिएका छन् ।

बेलारुस र पोल्यान्डको सीमा कुन्जनीका क्षेत्रबाट आप्रवासीहरू पोल्यान्ड छिर्न खोजिरहेका हुन् । बेलारुसी अधिकारीहरूले सयौँ मानिसहरूलाई सीमा क्षेत्रमा छोडेर फिर्ता आउने बाटो बन्द गरेको छ । यसबिच जर्मनीले ईयु सदस्यहरूलाई समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

इराक, सिरिया, अफगानिस्तानलगायतका देशबाट आएका नागरिकहरूलाई बेलारुसले यसरी पोलिस सीमा क्षेत्रमा छोडेको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ