arrow

पाकिस्तानी सुरक्षा एजेन्सीद्वारा भारतीय मछुवाराको हत्या, भारतको गम्भीर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
machuwara.PNG

आइएनएन । पाकिस्तानी सामुद्रिक सुरक्षा एजेन्सीको जहाजले भारतीय माछा मार्ने (मछुवारा)को डुङ्गामा गोली चलाउँदा एक भारतीय मछुवाराको मृत्यु भएको छ र अर्का एक जना घाइते भएको छ। यस बिना उक्साहट भएको गोलाबारी घटना लाई भारतले गम्भीरताका साथ लिएको छ।

भारतीय स्रोतले भन्यो, " हामी यो मुद्दा पाकिस्तान पक्षसँग कूटनीतिक रूपमा उठाउने छौँ। यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण समयमै आदान प्रदान गरिने छ।"

यो घटना गुजरात तटको अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको भारतीय तट रक्षक र गुजरात प्रहरीले छुट्टाछुट्टै विज्ञप्तिमा जनाएको छ।

मृत्यु हुनेमा महाराष्ट्र पाला घर जिल्लाका ३२ वर्षीय श्रीधर चामारे रहेका छन् । घाइते मछुवाराको गुजरातको ओखास्थित अस्पतालमा उपचार भइरहेको छ ।

हाल पाकिस्तानको भारतसँग विभिन्न मुद्दामा विवाद भइरहेको छ। पाकिस्तानका एनएसए मोइद युसुफले नोभेम्बर महिनाको १० तारिख मा अफगानिस्तानमा हुने क्षेत्रीय सुरक्षा संवादमा भाग नलिने बताएका छन्।

अर्कोतर्फ, श्रीनगर-शारजाह उडान अनुमति फिर्ता लिइएको छ, जबकि अफगानिस्तानमा सहायता बोकेका भारतीय ट्रकहरूलाई पहुँच निषेध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ