arrow

खोप असमानतालाई सम्बोधन गर्न चीन तयार

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Covid-vaccine-corona.jpg

मस्को । चीनले विकासोन्मुख देशहरूमा कोभिड-१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ ।

खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै हालै द फ्रीमा प्रकाशित लेख अनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले भने खोप र उपचारको प्रबन्ध गर्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ ।  

उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ । 

चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको राजनीतिकरणको कडा विरोध गरेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ