arrow

पोल्याण्डले बेलारुससँगको सीमामा बढायो सुरक्षाकर्मी 

logo
स्पुतनिक,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
poland2.jpg

वार्सा [पोल्याण्ड] । पोल्याण्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढाएको छ । 

 आप्रवासन सङ्कटको बिचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको छ । 

प्रतिआतङ्कवाद इकाई का २५० सदस्यहरू सहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिएका छन् । 

उपमन्त्री वासिकले टिभिपि प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका कर्मचारीहरू सहित तैनाथ गरिएको र ती सबैले देशको सुरक्षामा ध्यान दिने बताएका छन् । 



नयाँ