arrow

सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी छैन : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Prakashman-Singh.jpg

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्।

सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबारबिहान काठमाडौंमा आयोजित कार्यक्रममा  नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको बताए।

‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो। नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।

उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए । कांग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ ।

नेता सिंहले सत्तारुढ दलहरुले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रको कुनै काम नभएको समेत बताए । उनले उक्त संयन्त्र सरकारलाई काम गर्न नदिने र नियन्त्रण गर्ने उदेश्यले स्थापना भएको समेत उल्लेख गरेका छन् । साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ