arrow

म्यानमारमा अमेरिकी पत्रकारमाथि ‘आतङ्कवाद’ र देशद्रोहीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
us-journalist-myanmar.jpg

काठमाडौँ । म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकारमाथि आतङ्कवाद र देशद्रोहीको आरोप लगाइएको छ ।

गत मेमा म्यानमार छोड्न लाग्दा पक्राउ गरिएका ड्यानी फेन्स्टरलाई काउन्टर टेररिज्म एक्ट र म्यानमारको दण्ड संहिता अन्तर्गत दुई वटा नयाँ आरोप लगाइएको हो ।

म्यानमारको आतङ्कवाद विरोधी कानुनले आधिकारिक रूपमा  आतङ्कवादी समूह मानिएकासँग सम्पर्क गर्ने व्यक्तिलाई अपराधी मान्दै तीनदेखि सात वर्षको जेल सजाय तोक्छ ।

ड्यानी फेन्स्टर दोषी ठहर भएमा उनीमाथि आजीवन कारागारको सजाय तोकिन सक्ने उनका वकिल थान ज आङले बताएका छन् । उनको मुद्दामाथिको सुनुवाइ नोभेम्बर १६ बाट हुने भएको छ ।

यस्तै अर्को दण्ड संहिताको धारा १२४(ए) अन्तर्गतको आरोपलाई सामान्यतया देशद्रोही मान्दै सातदेखि २० वर्षको जेल सजाय तोक्छ ।

गत फेब्रुअरीमा सैन्य कु गरी सत्ता कब्जा गरेका म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङलाई पूर्व अमेरिकी कूटनीतिज्ञ एवं वार्ताकार बिल रिचर्डसनले राजधानी नेप्यीडोमा भेटेपछि ३७ वर्षीय ड्यानी फेन्स्टरमाथि थप आरोप लागेको हो ।

याङ्गुनबाट प्रकाशित हुने फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक ड्यानी फेन्स्टरमाथि सेनाको विरुद्धमा प्रोत्साहन गर्ने एवं गैर कानुनी सङ्घसंस्था र अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा पहिले नै मुद्दा चलिरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ