arrow

भारत आफैले बनायो पनडुब्बी, नौसेनालाई बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
submarine.PNG

आइएनएन । भारतमा‌ निर्मित स्कर्पेन पनडुब्बी भारतीय नौसेनालाई हस्तान्तरण गरिएको छ । पनडुब्बी ‘भेला’ ७५, यार्ड ११८७८ मङ्गलवार भारतीय नौसेनालाई हस्तान्तरण गरिएको हो ।

पनडुब्बीलाई छिट्टै भारतीय नौसेनामा समावेश गरी क्षमता अभिवृद्धि गरिने भारतीय रक्षा मन्त्रालयले जनाएको छ। पनडुब्बी सन् २०१९ मे महिनाको ६ तारिख मा प्रक्षेपण गरिएको थियो । यसले कोभिड प्रतिबन्ध बाबजुद हतियार र सेन्सर परीक्षण सहित सबै प्रमुख बन्दरगाह र समुद्री परीक्षणहरू पूरा गरेको छ।

यस बाहेक तीन पनडुब्बीहरू पहिले नै भारतीय नौसेनासँग रहेका छन्।  परियोजना –७५ मा स्कर्पिन डिजाइनका ६ वटा पनडुब्बीको निर्माण समावेश छ। यी पनडुब्बीहरू मेसर्स नेभल ग्रुप, फ्रान्ससँगको सहकार्यमा मजागन डक शिपबिल्डर्स लिमिटेड (एमडीएल) मुम्बईमा निर्माण भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ