arrow

चिनियाँ सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्ने अमेरिकी केन्द्रीय बैङ्कको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
us-federal-reserve-central-bank-of-america.jpg

काठमाडौँ । चीनमा जारी घर,जग्गा (रियल स्टेट)क्षेत्रको व्यापार सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्न सक्ने अमेरिकी केन्द्रीय बैङ्कले चेतावनी दिएको छ ।

चिनियाँ वित्तीय तनावले विश्वव्यापी वित्तीय बजारलाई थप तनाव दिन सक्छ र संयुक्त राज्यलाई नकारात्मक असर पार्न सक्छ केन्द्रीय बैङ्कले सोमबार चेतावनी दिएको हो ।

खास गरी चीनको इभरग्रान्डे रियल स्टेट कम्पनीले अहिले ३ खर्ब अमेरिकी डलर ऋणमा डुबेको छ । यस बाहेक अन्य धेरै कम्पनीहरूले अहिले सङ्कटापूर्ण अवस्थामा छन् । खास गरी इभरग्रान्डेकै अवस्थालाई केन्द्रित गर्दै फेडरल रिजर्भले चेतावनी दिएको हो ।

चिनियाँ अधिकारीहरूले रियल स्टेट बजारलाई सुस्ताउने नीति अपनाएका छन् । यसले अझैँ सङ्कट बढाउँदै लैजाने र विश्वव्यापी सङ्कट निम्तिन सक्ने चेतावनी केन्द्रीय बैङ्कले दिएको हो । यसको नकारात्मक असर अमेरिकालाई समेत पर्न सक्ने बैङ्कले जनाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ