arrow

एलन मस्कले बेचे टेस्लाको भन्डै ५ अर्ब डलर बराबरको सेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
musk.jpg

काठमाडौँ । नियामक निकायको विवरण अनुसार विश्वकै धनाढ्य एवं टेस्लाका सिइओ एलन मस्कले झन्डै ५ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् ।

उक्त विवरण अनुसार मस्कले करिब ९ लाख र करिब ३६ लाख गरेर दुई पटकमा टेस्ला कम्पनीका झन्डै ४५ लाख सेयर बिक्री गरेका हुन् ।

उनले ११०० र १२०० अमेरिकी डलर प्रति सेयरको मूल्यमा बिक्री गर्दा करिब ५ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका हुन् ।

करको झमेलामा परेपछि मस्कले केही दिनअघि ट्विटरमा आफूसँग कर तिर्ने एउटै आधार सेयर बेच्ने मात्रै रहेको भन्दै ट्विटरमा एक सर्वेक्षणात्मक पोस्ट गरेका थिए । आफूले कुनै मासिक तलब एवं लाभांश नपाउने भएका कारण कर तिर्न सेयर बेच्नुपर्ने उनले बताएका थिए ।

सोही अनुसार टेस्लाको १० प्रतिशत सेयर बेचेर कर तिर्ने कुरामा समर्थन 'जनाउने र नजनाउने' भन्दै उनले सर्वेक्षणात्मक पोस्ट गरेका थिए ।

सो पोस्टमा ५७ प्रतिशतले सहमति जनाएका थिए भने ४२ प्रतिशतले सहमत । सर्वेक्षणकै नतिजा अनुसार आफूले काम गर्ने बताएका मस्कको सर्वेक्षणमा बढीले सहमत जनाए पछि उनले सेयर बेचेका देखिन्छ ।

यद्यपि, मस्कले सन् २०२२ को अगस्तसम्म केही सेयर बेच्नै पर्ने अवस्था समेत रहेको थियो । झन्डै ४५ लाख सेयर बेचेपछि मस्कसँग अब, टेस्लाको १ करोड ६६ लाख सेयर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ