arrow

आतङ्कीलाई शरण नदिन तालिबानलाई अमेरिका र भारतको संयुक्त आव्हान

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
taleban1.jpg
फाइल तस्बिर

काठमाडौँ। भारत र अमेरिकाले तालिबानसित अफगानिस्तानलाई आतङ्कहरूको निम्ति शरण स्थल नबनाउन आग्रह गरेको छ। दुवै देशका अधिकारीहरूले आतङ्कवादलाई समाप्त गर्नको निम्ति परस्पर सहयोग आदानप्रदान गर्न वार्ता समेत गरेका छन्।

भारतीय र अमेरिकी पक्षहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा प्रतिबन्धित सबै आतङ्की समूहहरू विरुद्ध कडा कारबाहीको आह्वान पनि गरेका छन्। यी आतङ्की सङ्गठनहरूमा अल-कायदा, आईएसआईएस/दायेश, लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद आतङ्कवादी सङ्गठन सामेल छन्।

यसअघि २६ र २७ अक्टोबरमा वाशिङ्गटनमा भएको दुई दिवसीय बैठकमा अमेरिकाले आतङ्कवाद विरुद्ध लडाइँमा भारतका नागरिकहरू र भारत सरकारको साथ खडा रहने आफ्नो प्रतिबद्धता दोहोराएको थियो।

तालिबानले अफगानिस्तानमाथि १५ अगस्तमा पूर्ण रूपमा कब्जा गरेको थियो। अमेरिका र भारतको तर्फबाट जारी संयुक्त बयानमा सबै रूपमा भएको आतङ्की घटनाहरूको निन्दा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ