arrow

अमेरिकी सांसदको ताइवान भ्रमणले चीन आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
wang-wenbin.jpg

काठमाडौँ । चीन र ताइवानबिचको सम्बन्ध बिग्रिँदै गइरहेका बेला अमेरिकी सांसदहरूको भ्रमणले चीन आक्रोशित भएको छ। बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले अमेरिकी सांसदको ताइवान भ्रमणलाई लिएर आक्रोश पोखेका हुन् ।

चीनले अमेरिकी सांसदहरूलाई ताइवान टापुमा अलगतावादीहरूसँग मिलेर काम नगर्न आग्रह गरेको छ। त्यस्ता रणनीतिहरू अन्ततः उल्टो हुनेछन् । चीनको पुनर्मिलनमा कुनै पनि चुनौती र खतरनाक कदम असफल हुने निश्चित छ । विदेश मन्त्रालयका प्रवक्ता वेनबीले प्रेस ब्रिफिङका क्रममा भने ।

अमेरिकी सिनेटर र सांसदको टोली ताइवान आउँदा मङ्गलवार चिनियाँ सेनाले ताइवानको जल क्षेत्र नजिक गस्ती गरेको थियो। ताइवानमा अमेरिकी दूतावासका रूपमा काम गर्ने संस्थानले सिनेटर र सांसदको भ्रमणको व्यवस्थापन गरेको थियो ।

पछिल्लो समय चीनले ताइवानमाथि सैन्य गतिविधि बढाउँदै लगेको छ । चीनले केही वर्षभित्रै ताइवान कब्जा गर्ने किसिमले रणनीति बनाइरहेको छ । यसबिच अमेरिकाले यस क्षेत्रमा आफ्नो उपस्थिति बढाइरहेको समेत देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ