arrow

अफगानिस्तानको विषयमा भएको क्षेत्रीय सम्मेलनप्रति तालिबान आशावादी

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
taleban1.jpg
फाइल तस्बिर

काबुल। तालिवानले अफगानिस्तानको विषयमा बुधवार भारतको नयाँ दिल्लीमा आयोजना भएको क्षेत्रीय बैठकप्रति आशावादी रहेको बताएको छ। काबुलमा पत्रकार सम्मेलनमा बोल्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भारतमा अफगानिस्तानको विषयमा भएको बैठकलाई इस्लामिक इमिरेट्सबारे सकारात्मक र आशावादी रहेको बताएका हुन्।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधवार अफगानिस्तानका लागि एनएसएस्तरको बैठकको अध्यक्षता गरेका थिए। नयाँ दिल्ली बैठकमा रुस र इरान सहित ताजिकिस्तान, किर्गिस्तान, कजाकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार वा सुरक्षा परिषद्का सचिवहरू सहभागी भएका थिए।

भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले अफगानिस्तानको मुद्दामा क्षेत्रीय देशहरू बीच थप सहयोग र अन्तरक्रिया र समन्वयको लागि आह्वान गरेका छन्। 'हामी आज अफगानिस्तानसँग सम्बन्धित विषयमा छलफल गर्न भेटिरहेका छौँ। हामी सबैले त्यो देशमा भएका घटनाक्रमलाई गहिरो रूपमा हेरिरहेका छौँ। यसले अफगानिस्तानका जनताका लागि मात्र होइन, छिमेकी र क्षेत्रका लागि पनि महत्त्वपूर्ण प्रभाव पार्छ,'डोभालले भने।

'यो क्षेत्रीय देशहरू बीचको सहकार्य र अन्तरक्रिया र समन्वयको लागि हामी बीचको घनिष्ठ परामर्शको समय हो। म विश्वस्त छु कि हाम्रो विचार-विमर्श फलदायी हुनेछ र यसले अफगानिस्तानका जनतालाई मद्दत गर्न योगदान पुर्‍याउनेछ र हाम्रो सामूहिक सुरक्षालाई सुदृढ गर्नेछ,'उनले थपे।

बैठकमा बोल्दै, रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले अफगानिस्तानको मुद्दामा सुरक्षा परिषद्का सचिवहरूको बहुपक्षीय बैठक महत्त्वपूर्ण ढाँचा भएको र यसले हामीलाई विकासित अवस्थासँग सम्बन्धित सम्पूर्ण प्याकेजहरू छलफल गर्न मद्दत गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ