arrow

भारतसहित अन्य ७ राष्ट्रहरूद्वारा दिल्ली घोषणापत्रमा सहमति

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
nsa-level-meeting-india-modi-doval.jpg

नयाँ दिल्ली। भारतसहित अन्य सात राष्ट्रहरूले दिल्ली घोषणापत्रमा सहमति जनाएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित क्षेत्रीय सुरक्षा बैठकले दिल्ली घोषणापत्र जारी गरेको हो।

उक्त घोषणापत्रमा काबुलमा खुला र वास्तविक रूपमा समावेशी सरकार गठन गरिनुपर्ने, अफगानी नागरिक र अफगानिस्तानका हरेक क्षेत्रको सहभागिता हुने सरकार तालिबानले बनाउनुपर्ने उल्लेख गरिएको छ। 

राष्ट्रिय सुरक्षा सल्लाहकारहरू तथा एसियाली राष्ट्रका सुरक्षा प्रतिनिधिहरूको बैठकले अफगानिस्तानलाई आतङ्कवाद मुक्त गर्नुपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। यससँगै अफगानिस्तानमा तत्काल मानवीय सहायता उपलब्ध गराउनुपर्नेमा समेत जोड दिइएको छ। 

अगस्त १५ मा अफगानिस्तानमा तालिबानी समूहले कब्जा गरेपछि अफगानी नागरिकहरू मुलुक छोड्ने हतारोमा रहेका छन्। यससँगै तालिबानहरूले अफगानी महिलाहरूको अधिकार तथा छात्राहरूको पढ्न पाउने अधिकारसमेत खोसेका छन्। 

अफगानिस्तानको आर्थिक तथा सामाजिक अवस्था पनि खस्किँदै गएको छ। यस्तो अवस्थामा अफगानिस्तानको दिगो शान्ति र स्थायित्वका लागि  इरान, कजाकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्बेकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले छलफल गरेका हुन्। 

काजकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार कारिम मासिमोभले अफगानिस्तानमा विकसित घटनाक्रमको विषयमा ध्यानाकर्षण भएको जनाउँदै अफगानको सामाजिक र आर्थिक अवस्था निकै खस्किएको र अफगानीहरूले पीडा भोग्नुपरेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ