arrow

बङ्गलादेशले अर्बौँ खर्चियो चिनियाँ हतियारमा, परीक्षणमा असफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
chinese-arms-bangladesh.jpg

काठमाडौं। दक्षिण पूर्वी एसियाली देशहरू हतियार बिक्रीमा नेतृत्व गर्न खोजिरहेको चीनका हतियार गुणस्तर र दीर्घायुको परीक्षणमा भने एकपछि अर्को असफल भइरहेका छन् । चीनले बङ्गलादेशी सैन्य बललाई निर्यात गरेका हतियारको गुणस्तर परीक्षण असफल भएको हो ।

चीनले बङ्गलादेशी सेनालाई निर्यात गरेको लडाकु पानी जहाज (फ्रिगेट)मा समस्या देखिएको हो । यसबाहेक बङ्गलादेशी वायु सेनाका लागि आधारभूत ट्रेनर विमान र के ८ विमान पनि चीनले निर्यात गरेको थियो भने, बङ्गलादेशी सेनाका लागि छोटो दूरीको वायु रक्षा प्रणालीसमेत निर्यात गरेको थियो ।

चीनले बंग्लादेशी जल सेनाका लागि निर्यात गरेको हतियारको गुणस्तरको विषयमा समेत प्रश्न उठेको छ । पछिल्ला दशमा बंग्लादेशले चिनियाँ सैन्य हतियारमा २ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गरेको छ ।

०५३ एच ३ किसिमको फ्रिगेटको आगो नियन्त्रण प्रणाली र हेलिकप्टरमा इन्धन भर्ने र निकाल्ने प्रणालीमा समेत समस्या देखिएको छ । चीनको पोली टेक्नोलोजी ईँकले यी फ्रिगेट निर्यात गरेको थियो ।

पोली टेक्नोलोजी चाइना पोली ग्रुप कर्पोरेसनको सहायक कम्पनी हो । चिनियाँ सेनाको चाइना पोली ग्रुप कर्पोरेसन चीनको सबैभन्दा ठुलो हतियार निर्यात हो ।

वानफेङ एभिएसन अफ चाइनाले निर्यात गरेको आधारभूत ट्रेनर विमानमा पनि समस्या देखिएको छ । यस्तै चीनको नेशनल एइरो टेक्नोलोजी सर्पोट एन्ड एक्सपोर्ट कर्पोरेसनले निर्यात गरेको के ८ विमानमा समेत समस्या देखिएको हो ।

अमेरिकी एवं अन्य देशको प्रविधि चोरी गरेको आरोप लाग्ने गरेको चीनका यी बाहेक अन्य सैन्य उपकरणहरूमा समेत समस्या देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ