arrow

चिनियाँ नागरिकलाई भारतले ई-भिसा नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
e-visa-reject.PNG

काठमाडौँ । भारतले चीन, हङकङ र मकाउका चिनियाँ नागरिकलाई इलेकट्रोनिक पर्यटक भिसा (ई-भिसा) नदिने भएको छ । सन् २०१४ देखि भारतले अघि सारेको ई भिसा २०२० कोरोना भाइरसको महामारीका कारण सबै देशका लागि स्थगित गरिएको थियो।

आउँदो सोमबारदेखि भारतले ई भिसा फेरि उपलब्ध गराउने थालेको ईकोनोमिकटाइम्सले जनाएको छ। ताइवान, भियतनाम, सिंगापुरलगायत १५२ अन्य देशका नागरिकले ई-भिसा पाउने छन्।

यसअघि चीनलगायत १७१ देशहरूलाई भारतले ई-भिसा प्रदान गर्दै आएको थियो। पछिल्लो समय चीनको लोकतन्त्र विरोधी गतिविधि एवं लद्दाख सीमा क्षेत्रमा भारसँग भइरहेको तनावका बेला भारतले चिनियाँ नागरिकलाई ई-भिसा नदिने निर्णय गरेको छ। चीन र भारतबीचको तनावपूर्ण स्थितिका बेला यो निर्णयलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

क्यानडा, युनाइटेड किंगडम, इरान, मलेसिया, इन्डोनेसिया र साउदी अरेबियाका पर्यटकहरू पनि पारस्परिकताको अभावका कारण भारतले ई-भिसा नदिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ