arrow

नर्वेमा कोभिड नियन्त्रण गर्न पुनः कडाइ गरिने

logo
रासस–एएफपी
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
corona-covid-dalta-plus.jpg

ओस्लो। नर्वेले बढ्दो कोरोनाभाइरसका सङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्बन गर्ने भएको छ । नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा कोभिड–१९ विरुद्धको जारी सबै प्रकारका प्रतिबन्धहरू हटाएको थियो । 

प्रधानमन्त्री जोनास गाहर स्टोरले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूका लागि तेस्रो चरणको खोपको व्यवस्थापन गरिनेछ, अन्य स्वास्थ्य मापदण्ड अवलम्बन गरिनेछ तर बन्दाबन्दी भने गरिने छैन ।  

“सरकारले सङ्क्रमण नियन्त्रण गर्न नयाँ राष्ट्रिय उपायहरू लागू गर्नेछ, यद्यपि यो पहिलेको जस्तो कडारूपमा लागू गर्ने बारे अझै निर्णय लिइसकिएको छैन ।” प्रधानमन्त्रीले भन्नुभयो ।

सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको नियमित स्वास्थ्य परीक्षण, मास्कको अनिवार्य प्रयोग लगायतका उपायहरू अवलम्बन गरिने छ । नर्वेमा पछिल्ला दिनहरूमा सङ्क्रमण बढेको पाइएको छ । विशेष गरी जर्मनी र मध्य तथा पूर्वी युरोपमा कोभिड–१९ सङ्क्रमण पछिल्ला दिनमा बढिरहेको छ । 

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले युरोप फेरि एक पटक महामारीको “केन्द्र“  बन्न सक्ने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ