arrow

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
USAA9.png

काठमाडौँ । दक्षिण तथा मध्य-एसियाली मामिलाका जिम्मेवार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार (नोभेम्बर १७) नेपाल आउने भएका छन्।

अमेरिकी विदेश विभागले शनिबार एक विज्ञप्ति जारी गर्दै सहायक विदेशमन्त्री लु माल्दिभ्सको माले हुँदै काठमाडौं आउने जानकारी दिएको हो।

विज्ञप्तिमा जनाए अनुसार सहायक विदेशमन्त्री लु नोभेम्बर १५ मा माल्दिभ्स पुग्नेछन् । त्यहाँका विदेशमन्त्री अहमद खलिललाई भेटेर उनी नेपाल आउने भएका हुन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विभिन्न शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेस परियोजना (एमसीसी)नेपालमा विवादास्पद रहेका बेला अमेरिकी उच्च कुटनीतिज्ञको भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ