arrow

बेल्जियम विश्वकपमा छानियो, वेल्स र चेकमध्ये को छानिएला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
football-belgium-2021.jpg

काठमाडौं । बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा छानिएको छ । युरोपेली छनोट अन्तर्गत समूह ई को खेलमा शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो ।

बेल्जियमका लागि खेलको ११ औं मिनेटमा यान्निक कारास्कोको पासमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई शुरुआती अग्रता दिलाए । 

५३ औं मिनेटमा बेन्टेकेको पासमा कारास्कोले गोल गर्दै बेल्जियमको अग्रतालाई दोब्बर गरे । खेलको ७० औं मिनेटमा भने रोउनोको पासमा इरिक सोर्गाले गोल गर्दै इस्टोनियालाई २–१ को स्थितिमा ल्याए ।

७४ औं मिनेटमा केभिन डे ब्रुनेको पासमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई ३–१ ले जिताए । 

शनिबार रातिकै समूह ई को अर्को खेलमा वेल्सले बेलारुसलाई ५–१ गोल अन्तरले हरायो । 

अंक तालिका
यो खेलपछि अंक तालिकामा शीर्ष स्थानमा रहेर बेल्जियम विश्वकपमा छानिएको हो । पाँच टोली सहभागी समूह ईबाट ७ खेलमा १९ अंकसहित बेल्जियम शीर्ष स्थानमा छ । 

दोस्रो स्थानको वेल्सको १४ तथा तेस्रो स्थानको चेक रिपब्लिकको ११ अंक छ । यी दुईमध्ये एक टिमले कतारको टिकट काट्ने छ । अन्तिम खेलमा चेकले इस्टोनियासँग र वेल्सले बेल्जियमसँग खेल्नेछ । 

यो अर्थमा अन्तिम छनोटको खेल रोचक हुनेछ । पुछारको बेलारुसले भने ८ खेल खेलिसकेको छ । उसको मात्र ३ अंक छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ