arrow

कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु, सेना परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
attack-equador.jpg

काठमाडौं । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच भएको झडपमा कम्तीमा ६८ जना मारिएका छन् । गुयाछिल शहरमा रहेको जेलमा झडप हुँदा कैदीहरुको मृत्यु भएको हो । गत सेप्टेम्बरमा मात्रै सय जनाको ज्यान गएको जेलमा फेरि झडप भएको हो । इक्वेडरमा कैदीवन्दीबीच निरन्तर झडप भइरहेको छ । सन् २०२१ मा मात्रै तीन सय जनाको ज्यान गएको छ । 

स्थिति नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको बीबीसीले लेखेको छ । झडपपछि जेलमा पुगेको प्रहरीले भारी मात्रामा विष्फोटक पदार्थ र बन्दुक फेला पारेको छ । 

जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।

कैदीका आफन्तहरुको भने जेलबाहिर रुवावासी चलेको छ । कतिपय मृतकको टाउको नै छिनालिएको अवस्थामा शव फेला परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ