arrow

रुसी राष्ट्रपति पुटिन अर्को महिना भारत आउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
putin.jpeg

आइएनएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्षिक द्विपक्षीय शिखर वार्ताका लागि डिसेम्बरमा भारत भ्रमण गर्ने सम्भावना रहेको छ ।

शिखर सम्मेलन अघि, भारत र रुसले दुई प्लस टु परराष्ट्र र रक्षा मन्त्री स्तरीय वार्ता गर्न सक्नेछन् जसको लागि मिति र स्थान अझै टुङ्गो लागेको छैन।

दुई प्लस टु वार्ताले दुई देशबिचको समग्र विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

रुसी राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबिच विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । जून महिनामा रुसी राष्ट्रपति ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको शिखर स्तरीय बैठकका लागि जेनेभाको भ्रमण गरेका थिए। रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण दोस्रो विदेश भ्रमण हुनेछ ।

यस वर्षको अन्त्यसम्ममा एस-४०० वायु रक्षा प्रणालीको पहिलो खेप भारत आइपुग्ने हुनाले पनि यो भ्रमण हुन लागेको हो । सन् २०१८ मा, पुटिन अन्तिम पटक वार्षिक शिखर सम्मेलनको लागि भारत आएका थिए।

गत वर्ष कोभिड-१९ सङ्कटका कारण वार्षिक शिखर सम्मेलन हुन सकेको थिएन । जापान र रुस सँग मात्र भारतको वार्षिक शिखर सम्मेलन-स्तरीय संयन्त्र स्थापित छ। भारत र रुसले हालसम्म २० वटा वार्षिक शिखर सम्मेलन गरिसकेका छन् ।

सन् २०१९ मा, प्रधानमन्त्री मोदीले रुसको सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको भ्रमण गरेका थिए । पाँचौँ पूर्वी आर्थिक मञ्चको लागि सम्मानित अतिथि पनि बनेका थिए। जहाँ भारतले रुसको विकासमा भारतीय व्यापार सहभागितालाई बढवा दिन १ अर्ब डलरको ऋण रेखाको घोषणा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ