पूर्ण खोप लगाएका यात्रुहरूलाई कम्बोडियामा क्वारेन्टिन अनिवार्य नहुने घोषण
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
618
Shares
नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आइतवार कोभिड-१९ विरुदध पूर्ण रूपमा खोप लगाइएका सबै अन्तरिक यात्रुहरूलाई क्वारेन्टिन अनिवार्य नहुने घोषण गरेका छन्।
सोमबारदेखि क्वारेन्टिनमुक्त यात्रा शुरु हुने कुरा उनले विशेष अडियो सन्देशमा जानकारी दिएका छन्।
प्रधानमन्त्री हुन सेनले "हाम्रो कुल जनसंख्याको लगभग ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको खोपहरू प्राप्त गरिसकेकाले अब क्वारेन्टिनको आवश्यकता नरपर्ने," बताएका छन् ।
कम्बोडिया जाने अन्तरिक एवं बाह्य पर्यटक दुवैलाई अब क्वारेन्टिन बस्न आवश्यक पर्दैन तर कोभिड-१९ को खोप नलिएकाहरुले भने १४ दिनको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ।"