arrow

स्वीडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
spain-football-2021.jpg

काठमाडौं । स्पेन कतारमा अर्को वर्ष आयोजना हुने विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ । युरोपेली छनोट अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्वीडेनलाई १–० गोल अन्तरले हराउँदै स्पेनले कतारको टिकट काट्न सफल भएको हो । 

घरेलु मेदानमा स्पेनलाई जिताउन अल्भारो मोराटाले निर्णायक गोल गरे । मोराटाले खेलको ८६ औं मिनेटमा डानियल ओल्मोको पासमा गोल गरेका थिए ।

समूह बी को अर्को खेलमा ग्रीस र कोसोभोले १–१ गोलको बराबरी खेलेका छन् । 

यससँगै स्पेन लगातार १२ औं पटक विश्वकपमा छनोट भएको छ । अंक तालिकामा स्पेन १९ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

स्वीडेन १५ अंकसहित दोस्रो स्थानमा रहेको छ । ग्रीस १० अंकसहित तेस्रो, जर्जिया ७ अंकसहित चौथो तथा कोसोभो ५ अंकसहित पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ