arrow

रुसको आत्मघाती गोलले क्रोएसिया विश्वकपमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
football-croatia-2021.jpg

काठमाडौं । क्रोएसिया आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपेली छनोट अन्तर्गत समूह एचको खेलमा आइतबार राति रुसलाई १–० गोल अन्तरले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो । 

घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए  । 

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो । 

समूह एचको अन्य खेलमा स्लोभाकियाले माल्टालाई ६–० गोल अन्तरले हरायो । स्लोभेनियाले साइप्रसलाई २–१ गोल अन्तरले हरायो । 

शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । रुस २२ अंकसहित दोस्रो स्थानमा रहेर प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ ।

तेस्रो स्थानमा रहेको स्लोभाकिया र चौथो स्थानमा रहेको स्लोभेनिया १४ अंकबाट खेल सकेका छन् । 

साइप्रस र माल्टा समान ५ अंकसहित पुछारमा रहेर बाहिरिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ