arrow

रोनाल्डो फ्लप भइ पोर्चुगल हार्दा सर्बिया विश्वकपमा छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
football-portugal-ronaldo.jpg

काठमाडौं । सर्बिया आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा छानिएको छ । युरोपेली छनोट अन्तर्गत समूह ए को खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै सर्बिया विश्वकपमा छानिएको हो । 

क्रिष्टियानो रोनाल्डो फ्लप हुँदा पोर्चुगलले घरेलु मैदानमै पराजय भोगेको हो । खेलमा अग्रता पोर्चुगलले लिए पनि त्यसलाई उल्टाउँदै सर्बियाले जित निकाल्यो । 

खेलको दोस्रो मिनेटमै बर्नार्डो सिल्भाको पासमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई शुरुआती अग्रता दिलाएका थिए । 

खेलको ३३ औं मिनेटमा सासा लुकिकको पासमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ९० औं मिनेटमा डसानको पासमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २–१ ले जिताए ।

खेलमा पोर्चुगल घरेलु मैदानमै स्तब्ध हुन पुग्यो । त्यतिमात्र होइन पोर्चुगलले समूहको शीर्ष स्थानमा रहेर सीधै विश्वकपमा छानिने अवसरसमेत गुमायो । 

पोर्चुगलले यसअघि आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । 

जितसँगै समूह ए को शीर्ष स्थानमा रहेर सर्बिया विश्वकपमा छानियो । सर्बियाको ८ खेलमा २० अंक भएको छ । 

पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलले प्लेअफ खेलेर विश्वकपमा ठाउँ बनाउन सक्नेछ । 

विश्वकप छनोट हुने सम्भावनाबाट बाहिरिएका लग्जेम्बर्ग र आयरल्याण्डको ९–९ अंक छ । आइतबार रातिको खेलमा आयरल्याण्डले लग्जेम्बर्गलाई ३–० गोल अन्तरले हरायो । 

अजरबैजानको १ अंक रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ