arrow

'तिब्बतको वातावरण र मानव अधिकारको मुद्दा राजनीति होइन, नैतिकता हो'

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
tibet1.jpg
फाइल तस्बिर

काठमाडौँ। केन्द्रीय तिब्बती प्रशासनका सिक्योङ पेन्पा छिरिङले तिब्बतको वातावरण र मानव अधिकारको मुद्दा राजनीति नभई नैतिकताको सवाल भएको बताएका छन्।नोभेम्बर ४ मा जेनेभाबाट बर्न आइपुगेका सिक्योङ स्विट्जरल्याण्ड राष्ट्रिय परिषद् (स्विस संसद्) मा स्विस नेशनल काउन्सिलका सदस्य निकोलस वाल्डर र तिब्बतका लागि स्विस संसदीय समर्थन समूहका अध्यक्ष र राष्ट्रिय परिषद्का सदस्य प्रिस्का बिरर-हेमो र सेड्रिकलाई भेट गरेका हुन्। 

भेटका क्रममा सिक्योङले स्विस राष्ट्रिय परिषद्का सदस्यहरूलाई तिब्बतभित्र चीनले चलाएको क्रूर नीति र यसले तिब्बती धर्म, संस्कृति, भाषा र पहिचानमा परेको विनाशकारी प्रभावबारे जानकारी गराएका हुन्। स्विस सांसदहरूलाई तिब्बतको मुद्दा उठाउन आग्रह गर्दै सिक्योङले तिब्बत ऐतिहासिक रूपमा कहिल्यै पनि चीनको हिस्सा नभएको र तिब्बतको वातावरण र मानवअधिकारको विषय राजनीतिको नभई नैतिकताको विषय भएको बताएका छन्। सिक्योङले तिब्बती आन्दोलन र तिब्बती जनताको न्यायोचित कारणलाई प्रवर्द्धन गर्ने भावी योजना र गतिविधिहरूबारे थप छलफल गरे।

निकोलस वाल्डरले सिक्योङलाई तिब्बतका लागि स्विस संसदीय समर्थन समूह र यसको हालको २० सदस्यहरूको बारे जानकारी दिए। उनले सिक्योङलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा तिब्बतका लागि संसदीय समर्थन समूह अझ ठुलो हुनेमा आफू आशावादी रहेको बताए।

सिक्योङ र स्विस सांसदहरू बीचको बैठक स्विस-तिब्बत मैत्री सङ्घले आयोजना गरेको थियो। स्विस-तिब्बत मैत्री सङ्घ १९८३ मा स्विस जनतालाई तिब्बत भित्रको दयनीय राजनीतिक र मानवअधिकार अवस्थाको बारेमा जानकारी गराउन र चिनियाँ सरकारको प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ